आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

हिमालयन चेस एकेडेमीको भव्य उद्घाटन

बिहिबार, चैत १, २०८०खेलपाटी संवाददाता
हिमालयन चेस एकेडेमीको भव्य उद्घाटन
Classic Tech Internet Ad

काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै उमेरमा बालबालिकालाई चेसको प्रशिक्षणले बौद्धिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसतर्फ पनि एकेडेमेमीले नेतृत्व गर्नेछ ।’

२०३६, ०३७ र ०३९ का च्याम्पियन लामाले भने, ‘हाम्रो पालोमा चेसको खेल्न र खेल सामाग्री जुटाउन पनि गाह्रो थियो । अहिले धेरै सजिलो भएको छ । एकेडेमी स्थापनाले चेसको सिकाईलाई थप सहज बनाउने छ । यस हिमालयन चेस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने अपेक्षा गरेको छु ।’ 

नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागि भएका थिए । महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उनले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी ।

‘सबैले चेस खेल्न मिल्ने खालको लैंगिकमैत्री र सुरक्षित स्थल छैन, त्यससँगै अहिलेको पुस्तामा बौद्धिक ढंगले सोच्नसक्ने संस्कृति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती दिनसक्ने नेपाली खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको हो,’ अध्यक्ष खम्बूले भनिन्, ‘कलिलै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञात्मक विकास कग्निटिभ डेभ्लोप्मेन्ट, धैर्य गर्नसक्ने क्षमताको विकास हुन्छ । त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो ।’

२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद पनि राष्ट्रिय च्याम्पियन भएकी खम्बूले एसियाली खेलकुदमा दुईपल्ट सन् २००६ दोहा र २०१० ग्वान्जाउ, एसियन इन्डोर गेम्समा तीनपल्ट सन् २००९ भियतनाम, २०१३ साउथ कोरिया र २०१७ तुर्कमेनिस्तानमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् ।

चेसको सबभन्दा ठूलो प्रतियोगिता फिडे वर्ल्ड चेस ओलम्पियाड तीनपल्ट सन् २०१४ नर्वे, २०१६ अजरबैजान र २०१८ जर्जियामा खेलाडी रहेकी उनी सन् २०२२ मा चेन्नाईमा भएको ४४ औं मा चेस ओलम्पियाडमा आर्बिटरको रुपमा सहभागि हुने पहिलो नेपाली महिला भएकी थिइन् ।

हालसम्मकै सबभन्दा उच्च रेटिङ १८७७ मा पुगेकी नेपाली महिला खेलाडी रहेकी खम्बू दुई दशकयता चेसमा सक्रिय छिन् । नेपाल बुद्धिचाल महासंघमा सात वर्षअघि सदस्य भएपछि प्रतियोगिता खेल्न छाडेकी उनी सचिव हुंदै महासंघमा गत वर्ष उपमहासचिवमा निर्वाचित भएकी थिइन् । उनी फिडे विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुन् । सीडब्लुएम क्यान्डिडेट वुमन मास्टर उनी फिडे आर्बिटर, इन्स्ट्रक्टर, अर्गनाइजर पनि हुन् ।

एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ । त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका रहेका छन् । 

फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार वटा कोर्स बनाएर प्रशिक्षण दिनेछ । एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरु रुपेश जैयसवाल र सुजना लोहनी तथा मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरि, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन् ।

एकेडेमीको उदघाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य अन्जन धमला, राष्ट्रिय च्याम्पियन भइसकेका विकासमान लामा, बद्रिलाल नेपाली, पुरुषोत्तम चौलागाईं, सिन्दिरा जोशी, सुजना लोहनी, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, प्राध्यापक प्रकाशचन्द्र लामा, नेपाल ओपन युनिभर्सिटीका पूर्वकार्यवाहक उपकुलपति प्रा इन्द्रबहादुर कार्की, प्रा लक्ष्मणकुमार रेग्मी, वरिष्ठ पत्रकारहरू सुधीर शर्मा, प्रशान्त अर्याल, राम रावल, गंगा बीसी, सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।
 

Bajaj Pulsar Motorcycle Ad
#हिमालयन चेस एकेडेमी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल