मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

बिहिबार, फागुन २४, २०८०खेलपाटी संवाददाता
रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । 

उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो। उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो। उपाधि सहित उनले नगद एक लाख प्राप्त गरे।

लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन आज ६-ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए। समग्रमा १-अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए। उनले एमेच्योरतर्फ उपाधि जिते। एमेच्योर तर्फ समग्रमा ७-ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए।

समग्रमा १-ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। दिनेशले आज ४-अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १-ओभर ६९ र धनले ३-ओभर ७१ को स्कोर खडा गरे। उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

पहिलो दिनका लिडर रामे मगरले आज इभन-पार ६८ खेलेर समग्रमा ४-ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे। समग्रमा ५-ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे। दाबेदार भुवनले आज ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए। 

यस्तै ३-ओभर ७१‌ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन-पार ६८ मा खेल पुरा गरे। उनीहरूले २७ हजार ८ सय ७५ नगद आफ्नो नाममा लेखाए। समग्रमा १२-ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारी दशौं भए र २१ हजार प्राप्त ग्रे।उनले आज ६-ओभर२ सय ७४ को स्कोर बनाए।

अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सदभाव भन्दा ३ स्ट्रोकले पछि थिए। सदभावले लय गुमाउँदा रविले सुदबुझपुर्ण प्रदर्शन गरे। रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरूवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे।

खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो। सदभावले टी सट जंगलमा प्रहार गरे। दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए। यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए। यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे।

सदभावले दशौं होलको ट्रीपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे। १३औं र १४औं होलमा एक-एक सट बचाए र ब्याक नाइन ४-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले।

दीपकले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

धनले फ्रन्ट नाइन २-ओभर ३६ र ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरेपनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे।

७२ होलको चार दिने प्रतियोगिताको कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको थियो। प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल‌ प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरेका थिए । 

Bajaj Pulsar Motorcycle Ad
#रविलाई सूर्य नेपाल च्यालेन्ज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति