• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
प्रिन्सलाई लगातार चौथों पटक उपाधि
खेलपाटी संवाददाता
शनिबार, फागुन १९, २०८० खेलपाटी संवाददाता
प्रिन्सलाई लगातार चौथों पटक उपाधि

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रिन्स दाहालले चौथों पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टनको उपाधि उचालेका छन् ।

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको फाईनलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन् ।

यस विधाको तेश्रो स्थानमा एपीएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले जित हात पारिन् । रशिलाले भोजपुरकी नङ्गशल तामाङ्गलाई १७–२१, २१–१५, २२–२० को सघर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । तेश्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।

बिजेताले नगद ५० हजार, उपबिजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष शीर्ष ८ बाहेकको उपाधि भने एपीएफका क्षितिज खनालले हात पारे । खनालले फाईनलमा नखिपोटका बिवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपीएफका रोशन साउद रहे ।

यस्तै यसै विधाका महिलातर्फको खेलमा कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीबीच भएको प्रतिस्पर्धामा प्रिन्स र बिजितको जोडीले जित हात पारे ।

प्रिन्स र बिजितको जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन् । तेश्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका बिशाल तामाङ्ग तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी रहे ।

महिला युगलतर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले जित हात पार्दै उपाधि उचाले ।

गिरी र महर्जनको जोडीले आर्मीकी अनुमाया राई र मोरङ्गकी सिमा राजबंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा कास्कीका शितल केसी र अनु राना तथा एपीएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्साल रहे ।

प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।

महिला युगलतर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार, यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ बर्ष र ५५ बर्ष माथिका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।

बिजेता खेलाडीलाई समापन समारोहका प्रमुख अतिथी चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख बशन्ती श्रेष्ठ, नेकपा एमोलकी केन्द्रिय सदस्य सर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लव भक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP