बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

पुष्पलाल ब्याडमिन्टन : पविन र क्षितिज सेमिफाईनलमा

बिहिबार, १७ फाल्गुण २०८०खेलपाटी संवाददाता
पुष्पलाल ब्याडमिन्टन : पविन र क्षितिज सेमिफाईनलमा
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपीएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् ।

नेकपा एमाको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न क्वाटरफाईनल खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले तथा क्षितिजले एपीएफकै अरुण अधिकारीलाई २१–१०, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

यस्तै सेमिफाईनलमा स्थान बनाउने अन्यमा एपीएफका रोशन साउद र नखिपोटका बिवेक चौधरी रहेका छन् । साउदले एपीएफकै सुजन थापालाई २१–१४, २१–१४ को समान अन्तरमा र चौधरीले एपीएफका भोज बहादुर गुरुङ्गलाई ७–२१, २१–१९, २२–२० ले पराजित गरेका हुन् ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष ८ बाहेकको महिला एकलतर्फको खेलमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस् ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले अन्तिम चारमा स्थान पक्का गरे ।

सुष्माले आर्मीकी बिष्णा बिष्टलाई २१–१७, १८–२१, २१–१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१–१९, २४–२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४–२१, २१–१०, २१–१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१–१६, १२–२१, २१–१५ ले पराजित गरेका हुन् ।

यु–१३ गल्सतर्फ सेमिफाईनल प्रवेश गर्नेमा मध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहेका छन् ।

यस्तै यु–१७ ब्वाईज तर्फ एपीएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने रहेका छन् ।

मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी, ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडी, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ्गको जोडी तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगितामा कुल २७४ खेलाडीहरुको सहभागिता छ ।

LiNing Ad
#पुष्पलाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !