काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले शनिबार प्यालेस्टाईनसँग खेल्दैछ ।
साउदी अबरमा जारी प्रतियोगितामा नेपाल समूह विजेता बन्ने सहित मैदान उत्रन लागेको हो ।
दुवै टिम एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन्, शनिबारको खेल दुवैका लागि समूह विजेता बन्ने भिडन्त हो । खेल राति पौने ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको शानदार सुरुवात गरेको छ । पहिलो खेलमा सिरियलाई ४–१ ले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५–० ले हरायो । नेपाली फरवार्ड सावित्रा भण्डारीले राष्ट्रिय टिमबाट ५० औं गोलको कोशे ढुङ्गा पार गरेकी छिन् ।
फिफा वरियतामा निकै तल रहेको प्यालेस्टाइनविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्दी लेवनानसँगको भिडन्त तय गर्ने लक्ष्यमा हुनेछ ।
समूह एबाट जोर्डन समूह विजेता र लेवनान उपविजेता बन्दै सेमिफाइनल पुगिसकेका छन् । जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो ।