काठमाडौं । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस जर्मनीको राष्ट्रिय टिममा फर्किएका छन् ।
अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएर क्रुस राष्ट्रिय टिममा फर्किएका हुन् ।
जर्मनीले सन् २०२४ को युरोकपको आयोजना गर्दैछ ।
३४ वर्षका मिडफिल्डरले जर्मनीबाट सन् २०१४ को विश्वकप जितेका थिए । उनले राष्ट्रिय टिमबाट १ सय ६ क्याप जितेका छन् ।
उनले सन् २०२१ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीका मुख्य प्रशिक्षक जुलियन नगेल्समेनसँगको छलफलपछि क्रुस राष्ट्रिय टिममा फर्कने निर्णय लिएका हुन् ।
'म मार्चबाट फेरी जर्मनीका लागि खेल्नेछु । किनकी प्रशिक्षकले मसँग सोधेका थिए, म यसका लागि तयार छु ।' क्रुसले भनेका छन् ।
क्लब फुटबलमा समेत सफल रहेका क्रुसले बुन्डेसलिगा र ला लिगा समान तीन पटक जितेका छन् । साथमा उनले ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
अर्को महिना जर्मनीले फ्रान्स र नेदरल्याण्ड्ससँग खेल्ने मैत्रीपूर्ण म्याचमा क्रुसलाई टिममा देख्न सकिनेछ । जर्मनीले युरो २०२४ मा एलिनाज एरिनामा स्कटल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।