काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार इराकसँग खेल्दैछ ।
साउदी अरबमा जारी प्रतियोगिता नेपाली समय अनुसार राति पौनै ८ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा सिरियालाई हराएको थियो । सुखद सुरुवात गर्ने क्रममा नेपालले सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो ।
नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक एक गोल गरेका थिए ।
समूह चरणको दोस्रो खेमला इराकबिरुद्ध उत्रदै गर्दा नेपालको राष्ट्रिय महिला टिम सेमिफाइलनमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।
फिफा वरियतामा आफु भन्दा तल रहेको इराकविरुद्ध सहज जितको अपेक्षा नेपालले गरेको छ । फिफा वरियतामा इराक १ सय ३५ औं स्थानमा रहेको छ । नेपाल नेपाल १ सय ५ औं स्थानमा छ ।
पहिलो खेलमा प्यालेस्टाइनसँग इराक पराजित बनेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राख्न इराकलाई खेल जित्नैपर्ने दबाब छ ।
नेपाल प्रतियोगिताको समूह बीमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाईनसँग खेल्नेछ ।