काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ६८ रनमा अलआउट भएको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो ।
आसिफ शेखले ५८ रन बनाएको इनिङ्समा कुशल मल्लले ३६ र भिम सार्कीले २६ रनको योगदान गरे । नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किएका थिए ।
अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका थिए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए । करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए ।
बर्नार्ड शोल्ट्ज र जान निकोल लोफ्टी इटनले समान ३ विकेट लिए । ज्याक ब्रासेल र गरहार्ड इरास्मसले समान एक एक विकेट हात पारे ।
लिग टूको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।