काठमाडौं । आईसीसी वल्ड क्रिकेट लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ ।
शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर बलिङको निर्णय गरेको हो ।
लिग टूको दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
नेपालको टिममा दिपेन्द्र सिंह ऐरीले प्रवेश गरेका छन् । फ्रेन्चाईज क्रिकेट खेल्न उनी विदेशमा रहेका थिए ।
नेपालले प्लेईङ ११ मा कप्तान राहित पौडेल सहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भिम सार्की, देव खनाल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, अनिल साह, गुलसन झालाई मौका लिएका छन् ।
नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससँग २–२ म्याच खेल्ने तालिका छ । पहिलो खेलमा नेपाल, नामिबियासँग पराजित भएको थियो ।