काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ प्रर्दशन गरेको छ ।
बिहीबार कीर्तिपुर मैदानमा लिग टूको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङको प्रर्दशन गरेको हो ।
नेपालले आफ्नो सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ ।
नेपालले ३० ओभरको समाप्तिमा सय रन कटाएको छ । भने नेपालले महत्वपुर्ण ७ विकेट गुमाईसकेको छ ।
ओपनर कुशल भुर्तेल डगआउट भएको खेलमा आसिफ शेख ४ रन बनाएर पोविलियन फर्किए । अनिल साह ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रन बनाएर बोल्ड भए ।
सम्हालिएर ब्याटिङ गरेका भिम सार्की ४४ रनमा आउट भएका छन् भने कुशल मल्ल १५ र सोमपाल कामी २ रन बनाएर पोविलियन फर्किएका छन् ।
डब्लूसीएल लिग टूको पहिलो खेल नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससँग लिग टूका समान दुई दुई खेल खेल्नेछ ।