काठमाडौं । आईसीसी मेन्स क्रिकेट वल्ड कप लिग टू अन्तर्गत नेपालले बिहीबार नामिबियाविरुद्ध खेल्दैछ ।
काठमाडौंको कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध खेल्दै नेपालले लिग टूको यात्रा प्रारम्भ गर्न लागेको हो ।
लिग टूको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेको छ । नामिबियाले नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ ।
नेपालले नामिबियाविरुद्धको खेलका लागि प्लेईङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, अनिल कुमार साह, सोमपाल कामी, पवन सरार्फ, भिम सार्की, करन केसी, ललित नारायण राजवंशी र गुलसन झालाई उतारेको छ ।
नेपालले लिग टू अन्तर्गत घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससँग खेल्दैछ । राउण्ड रोबिनका आधारमा हुने लिग टूका खेल एकदिवसीय विश्वकपमा प्रवेश गर्ने बाटो समेत हो ।
सुपर लिगमा रहेको नेदरल्याण्ड्स, लिग टूमा कायम रहेको नामिबिया, नेपाल, ओमान, स्कटल्याण्ड, यूएस र क्वालिफायर प्ले अफबाट आएको क्यानडा र यूएईले सन् २०२७ को एकदिवसीय विश्वकप प्रवेशका लागि लिग टू अन्तर्गत छनोट खेल्नेछन् ।