• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपाधिका लागि सुदूरपश्चिम र कोहलपुर मेयर ११ भिड्ने 
खेलपाटी संवाददाता
बुधबार, फागुन २, २०८० खेलपाटी संवाददाता
उपाधिका लागि सुदूरपश्चिम र कोहलपुर मेयर ११ भिड्ने 

बाँके । सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर ११ बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । 

कोहलपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर ११ अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो। 

सुदूरपश्चिमको नेट रन रेट ० दशमलव ०६६१, गण्डकीको ० दशमलव ३१५ र बागमतीको ० दशमलव ४९२ रह्यो। 

उपाधिको लागि बिहिबार बिहान १० बजे कोहलपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर ११ विजयी भए। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर ११ ले बागमती प्रदेशलाई पराजित गर्यो। 

बुधबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो।

लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा भेटायो।

सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिईन्। स्नेहा महराले १० रन योगदान दिईन्। लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिईन्।

यसअघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले १९ दशमलव ३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो।

लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो।

सुदूरपश्चिमको बलिंगमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १-१ विकेट लिईन्। 

आजको दोश्रो खेलमा कोहलपुर मेयर ११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो। 

कोहलपुर मेयर ११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। 

बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिईन्। 

कोहलपुर मेयर(११ को बलिंगमा प्रतिमा शाहले २ विकेट लिंदा भवानी कमाती, आरति महतो, दिक्ष्या पुरी र रिया शर्माले १-१ विकेट लिए। 

टस जितेर ब्याटिंग गरको कोहलपुर मेयर ११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो। 

कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए। प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे। किरन कुँवरले १५ रन बनाए। दोश्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे। 

खेलको प्लेयर अफ द म्याच साना प्रभिन घोषित भईन्।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP