काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो ।
कुवेतले प्रस्तुत गरेको ५० रनको लक्ष्य नेपालले मात्र ६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
वर्षाले खेल प्रभावित बनेपछि नेपालले डीएल मेथडका आधारमा ५० रनको नयाँ लक्ष्य पाएको थियो ।
नेपालको जितमा इन्दु वर्माले अविजित २२ र कविता जोशीले अविजित ४ रन जोडिन् ।
ओपनर कबिता कुँवर १ रनमा पोविलियन फर्किएको खेलमा सिता राना मगरले १७ रन बनाएकी थिईन् ।
कुवेतकी मार्याम ओमारले एक विकेट हात पारिन् ।
सुरुवाती ब्याटिङ गरेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७३ रन बर्नाएको थियो ।
नेपालकी सिता राना मगरले ३ र कविता कुँवरले २ विकेट लिएपछि कुवेत सस्तैमा समेटिएको थियो ।
कुवेतकी प्रियदा मुरालीले सर्वाधिक २९ रन बनाईन् । खदिजा खलील १३ रनमा आउट भईन् ।
नेपालले फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियासँग खेल्नेछ ।