काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनल पुग्न नेपालले ७४ रनको लक्ष्य प्राप्त गरेको छ ।
मलेसियामा बुधबार क्वार्टरफाइनलको खेलमा नेपाललाई कुवेतले ७४ रनको लक्ष्य दिएको हो ।
सुरुवाती ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो ।
नेपालकी सिता राना मगरले ३ र कविता कुँवरले २ विकेट लिएपछि कुवेत सस्तैमा समेटेको हो ।
कुवेतकी प्रियदा मुरालीले सर्वाधिक २९ रन बनाईन् । खदिजा खलीलले १३ रनको योगदान गरिन् ।