• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यू-१९ महिला क्रिकेट : कोहलपुर मेयर ११ फाइनलमा 
खेलपाटी संवाददाता
मंगलबार, फागुन १, २०८० खेलपाटी संवाददाता
यू-१९ महिला क्रिकेट : कोहलपुर मेयर ११ फाइनलमा 

बाँके । कोहलपुर मेयर ११ एक खेल अगावै कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। 

प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर ११ विजयी भएका छन्। बागमतीले गण्डकीलाई तथा मेयर ११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो। 

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो।

गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्यो।

बागमतीको लागि एलि यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए। गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन बनायो।

गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बागमतीकी बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए। प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन्। बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पायो।

मंगलबारनै भएको दोश्रो खेलमा कोहलपुर मेयर ११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर ११ ले ४ विकेट गुमाएर १७ दशमलव ४ ओभरमा भेटायो। 

कोहलपुर मेयर ११ को ब्याटिंगमा साना प्रविनले सर्वाधिक ३९ रन बनाईन् । जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। प्रतिमा शाहले अविजित १८ रन बनाईन्। सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १-१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो। 

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन्। रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाईन्। 

कोहलपुर मेयर ११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित कमातीले ३ दशमलव ३ ओभरमा १४ रन खर्चिन्। आरती महतोले २ विकेट लिंदा हैमवती रोय र तृष्णा बिश्वकर्माले १-१ विकेट लिए। 

सबै तीन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर ११ कुल ६ अंक सहित अंकतालिकाको शिर्षमा छ, जसले फाइनलमा स्थान पक्का गरेको छ। यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ।

समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। ३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौथों तथा तीन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ। 

प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दोश्रो खेल दिउँसो बागमती प्रदेश र कोहलपुर मेयर ११ प्रतिस्पर्धा गर्नेछन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP