काठमाडौं । रुबिना क्षेत्रीले टी ट्वान्टी क्रिकेटमा ऐतिहासिक शतक प्रहार गरेकी छिन् ।
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा माल्दिभविरुद्ध रुबिनाले ऐतिहासिक शतक प्रहार गरेकी हुन् ।
महिला क्रिकेटको इतिहासमा टी ट्वान्टी क्रिकेटमा रुबिनाले बनाएको शतक पहिलो हो ।
उनले ५९ बल खेल्दै १ सय १८ रनको शतकीय इनिङ्स खेलेकी हुन् । उनले १० चौका र ५ छक्काको मदतले सो रन खडा गरिन् ।
रुबिनाकै शतक प्ररित नेपालले माल्दिभ्सविरुद्ध टी ट्वान्टी क्रिकेटमा कीर्तिमानी २ सय २७ रनको स्कोर बनाएको छ ।