काठमाडौं । मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा क्रिकेट रंगशालामा सोमबार लगातार दोस्रो जित निकाल्ने क्रममा गण्डकीले कोशीलाई ४९ रनले हराएको हो ।
गण्डकीले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको कोशीले ९ विकेट गुमाएर १ सय २४ रनमात्र बनाउन सक्यो । कोशीका सिवान्स बजगाईले ३४ र रबिन मण्डलले ३३ रन बनाए । रोशन साहले १४ रनको योगदान गरे । गण्डकीका समिर भुजेलले ३ तथा रोहित चन्द र प्रकाश खनालले समान २ विकेट लिए ।
सुरुवातमा ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । रोहित चन्दको ३४ र युगान्त खत्रीको ३२ रनको इनिङ्समा सरोज खत्रीले २५ रनको योगदान गरेका थिए । कोशीका रोशन साहले २ तथा कृति रमित र दिब्यान्स बास्तोलाले समान एक विकेट झारेका थिए ।
गण्डकीले पहिलो खेलमा सुपर ओभरमा कर्णालीलाई हराएको थियो ।
सोमबारनै एको दोस्रो खेलमा बागमतीले कर्णालीलाई ४ विकेटले हरायो ।
कर्णालीले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य बागमतीले २४ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । बागमतीका सुर्यान्सु कोईरालाले अविजित ६० रन बनाए । रोहित शर्माले १६ र हिमाल बोहोराले ७ रनको योगदान गरे । कर्णालीका बिपिन शर्माले २ तथा दिपक खत्री र दिपक भुलले समान एक विकेट लिए ।
सुरुवाती ब्याटिङ गरेको कर्णाली २१ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको थियो । कर्णालीका लागि दिपक खत्रीले ४१ रन बनाएको इनिङ्समा विपित प्रसाद शर्माले १९ र नामिन सिंह थापाले ९ रन बनाएका थिए । बागमतीका रोहित ठाकुरले ४ तथा शिवशक्ति महतोले ३ विकेट लिए । तपेन्द्र विष्टले एक विकेट चट्काएका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार समूह बीमा रहेको मधेश प्रदेश र लुम्बिनी तथा सुदूरपश्चिम र मनमोहन ११ बीच प्रतिस्पर्धा हुनेछ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिताबाट उमेर समूहका क्रिकेटरलाई फाइदा पुग्ने आयोजकले जनाएको छ ।