बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

निश्चल र पविनको जोडी च्याम्पियन 

सोमबार, २९ माघ २०८०खेलपाटी संवाददाता
निश्चल र पविनको जोडी च्याम्पियन 
mustang rice ad

बिर्तामोड । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ ।

सोमबार बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पुरुष खुलातर्फ भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपले सोझो सेटमा जित हासिल गर्दै उपाधि जितेका हुन् ।

उनीहरुले सशस्त्र प्रहरी बलका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा हराएका थिए ।

त्यस्तै, भेट्रान्सतर्फ प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीलाई हराउँदै उपाधि रक्षा गरेको हो ।

बिग ब्रदरका गुरुङ र कपालीले मेहरमानका खड्का र तामाङलाई २१–१६ र २१–१६ को सोझो सेटमा हराएका थिए ।
यसैबीच, खुलातर्फ आर्मीका हिमाल चन्द र नखिपोटका विवेक कन्दङवाको जोडी तथा उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडी तेस्रो भए ।

भेट्रान्सतर्फ पाँचथरका दिपक आङदेम्बे र मोरङका जीवन बोगटी तथा ताप्लेजुङका घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडी तेस्रो भए ।

आयोजक लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा भएको प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाए ।

त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

क्लबका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्मा, प्रतियोगिता संयोजक रविन्द्र भट्टराई, पूर्वअध्यक्ष शैलेन्द्र कुरुम्बाङ लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।
 

LiNing Ad
#निश्चल र पविन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !