काठमाडौं । एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डेब्यु खेलमा हेमन्त धामीले सर्वाधिक ३ विकेट लिएपछि नेपालले क्यानडालाई मध्यम स्कोरमा समेटेको हो ।
सोमबार कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।
क्यानडाको इनिङ्समा नवनीत धालीवालले अर्धशतक बनाए । निखिल दत्तले ४५ रन बनाएको इनिङ्समा शद बिन जाफरले नटआउट ३१ रन बनाए । हर्श ठाकरले २९, श्रेयस मोभाले २५, श्रीमंथा विजयरत्नेले २२ रन बनाए ।
नेपालका हेमन्त धामीले ३ विकेट लिए । कुशल मल्लले २ तथा आकाश चन्द र ललित राजवंशीले समान एक एक विकेट हात पारे ।
नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ । तीन म्याचको एकदिवसीय सिरिज नेपाल क्लिनस्विप गर्ने लक्ष्यमा छ ।