सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण
सोमबार, माघ १५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । ब्याटल अफ दी ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् ।
अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगितामा सिद्धार्थले कुङ फु ताइचीमा ९.१ अंक जोड्दै स्वर्ण जितेका हुन् ।
उनले कुङ फु वेपनमा भने रजत हात पारे । उक्त स्पर्धामा सिद्धार्थले ८.७ अंक जोडे ।
संजीतले कुङ फु क्रिएटिभ फर्ममा स्वर्ण चुमे । उनले ८.९ अंक जोडे ।






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)

