शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

सुविन र रिहानालाई योनेक्स सव जुनियरको उपाधि

आइतबार, पुष २९, २०८०खेलपाटी संवाददाता
सुविन र रिहानालाई योनेक्स सव जुनियरको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । सुविन श्रेष्ठ र रिहाना शेरचनले काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्जको उपाधि हात पारेका छन् ।

यु-१५ तर्फ सुविनले आईतबार सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

बिजेता खेलाडीले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता खेलाडीले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।

तेश्रो स्थानमा पुरुषतर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिलातर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।

बिजेता खेलाडीले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु-१३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपाधि सहित नगद १० हजार प्राप्त गरे । 

सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोश्रो स्थानमा रहेका खेलाडीले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । 

तेश्रो स्थानमा पुरुषतर्फ तनहुका सफल भुजेल र एपीएफका आरुष सिमखडा र महिलातर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । खेलाडीले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु-११ तर्फ कास्कीका सक्षम गुरुङ्गले कपिलबस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधि सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता बनेका बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेश्रो स्थनमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेश्रो हुने खेलाडीहरुले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

बिजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै ईनासका प्रोपाईटर राजु बास्तोलाले खेलाडीहरुलाई योनेक्सको विभिन्न सामग्री जस्तै ¥याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।

प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेशनले गरको थियो । फाउन्डेशनले बच्चाहरुलाई ध्यानमा राखेर कार्टुनमा ब्रान्डिङ्ग गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad
#योनेक्स सव जुनियर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य