शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स पोखरा मेयर कप ब्याटमिन्टनको सेमिफाइनलमा 

शुक्रबार, पुष १३, २०८०खेलपाटी संवाददाता
प्रिन्स पोखरा मेयर कप ब्याटमिन्टनको सेमिफाइनलमा 
Classic Tech Internet Ad

काठमाडौं । पोखरामा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन तथा पोखरा मेयर कपमा विष्णु कटुवाल, प्रिन्स दाहाल, प्रफुल महर्जन र क्षितिज खनालले सेमीफाइनलको यात्रा तय गरेका छन् । 

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा मेन्स सिंगल्सतर्फ आ–आफ्नो खेल जित्दै नेपाल र्याङकिङका सबै खेलाडीले सेमीफाइनलको यात्रा तय गरेका हुन् । 

प्रतियोगिताको मेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल र्याङकिङ  नम्बर एक विष्णु कटुवालले एपिएफ क्लवका देवराज रानालाई २१–१३ र २१–१६ ले पराजित गरेका छन् भने नेपाल र्याङकिङ नम्बर २ प्रिन्स दाहालले रोशन साउदलाई २१–९, २१–११ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे । 

त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले पाँचौ र्याङकिङ नेपाल पुलिस क्लवका सुनिल जोशीलाई २१–१३ र २१–८ ले पाखा लगाउँदा एपिएफका क्षितिज खनालले कास्कीका विधान अधिकारीलाई २१–११, २१–१२ ले पराजित गरी अन्तिम आठमा स्थान पक्का गरे । 

वुमेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल नम्बर एक र्याङकिङ रशिला महर्जनले झापाकी अन्जना राईलाई २१–१५ र २१–६ को सोझो सेटमा पराजित गर्दा दोश्रो वरियताकी त्रिभुवन आर्मीकी अनुमायाँ राईले सोही क्लवकी सेष्ना श्रीपालीलाई २१–९, २१–१६ ले पराजित गरिन् । त्रिभुवन आर्मीकी अमिता गिरीले पियएसविसीकी आयुष्मा नेपाललाई २१–९, २१–८ ले, कस्तुरी कलेजकी सिमा राजवंशीले त्रिभुवन आर्मीकी रिहाना शेरचनालाई २१–९, २१–१० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरे । 

प्रतियोगिता अन्तर्गत नै भएको यू–१७ ब्वाइज सिंगल्स राउण्ड अफ सिक्सटिनमा त्रिभुवन आर्मीका अभय महराले एपिएफका प्रदिप सोतीलाई २१–१६, २१–६ ले, बाँकेका राजेश विसीले कास्कीका अभिराज शेरचनलाई २१–८, २१–१६ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका अमृत थापालाई २१–७, २१–१२ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका दिप रानालाई २१–१७ र २१–९ ले पराजित गरे । काठमाण्डौका सक्षम ढकालले त्रिभुवन आर्मीका सुप्रिम पन्तलाई २४–२२, २१–१० ले, एपिएफका अरुण अधिकारीले आर्मीका सुदेश राज कोटीलाई १८–२१, २१–६ र २१–१४ ले, कन्चनपुरका आशिष खत्री म्याग्दीका विवश पुनलाई २१–१६, २१–१४ ले, आर्मीका कविर केसीले नोवल एकेडेमीका लेलिन रानालाई २१–५, २१–६ ले पराजित गरेका छन् । 

मेन्स डबल्स ५५ वर्ष माथिको खेलमा कास्कीका विर बहादुर आले र राजेन्द्र गुरुङको जोडीले अन्तिम चारमा स्थान पक्का गर्दा डि बहादुर कन्दङवा र डि राईको जोडी, सुरेश वम र निर्माण श्रेष्ठको जोडी, फिटनेश पार्कका उमेश केसी गोविन्दन शाहीले अन्तिम चारमा स्थान बनाएका छन् । 

व्याइज सिंगल्स यू–१२ तर्फको खेलमा आर्मीका सुदेश राज कोटी, एपिएफका आरुष सिम्खडा, कन्चनपुरका आशिष खत्री, तनहुँका सफल भुजेलले सेमिफाइनलको यात्रा तय गरेका छन् । 

मेन्स डबल्सतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडी, एपिएफकै प्रनिश सिंह ठकुरी र सुजन थापा, एपिएफकै क्षितिज खनाल र देवराज राना, तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालले आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् । 

प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । 

पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका जारी प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जनाएका छन् । 


 

Bajaj Pulsar Motorcycle Ad
#प्रिन्स पोखरा मेयर कप ब्याटमिन्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य