काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज सोमबार बस्दैछ ।
एन्फा हेडक्वार्टरमा बस्ने बैठक बिहान १० बजे सुरु हुने तालिका छ ।
एन्फाको भदौंमा सम्पन्न विशेष साधारण सभापछि बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा विभिन्न १५ वटा एजेण्डा तय छन् ।
शनिबार मात्र एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पत्रकार सम्मेलन गरेर वर्तमान नेतृत्वको कार्यसमितिलाई सघाएर जाने घोषणा गरेका थिए ।
सोमबारको बैठकले तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने सम्भावना रहेको छ ।
हेर्नुस एन्फा बैठकका एजेण्डा :
