काठमाडौं । स्थगित अवस्थाको रहेको यू–१६ युथ लिग पुस ९ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले क्लबसँगको छलफल पछि लिगको मिति तय गरेको हो ।
युवा खेलाडीलाई कार्यक्रम दिने उद्धेश्यले सुरुवात गरिएको युथ लिग बिचैमा रोकिएको थियो ।
एन्फा र क्लबका प्रतिनिधिबीच आईतबार बसेको बैठकले प्रतियोगिता सञ्चालनको नयाँ मिति तय गरेको हो ।
पुस ९ गते पहिलो खेलमा मनाङ मस्र्याङ्दी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।