आइतबार, मंसिर २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

हक्की संघको वार्षिक कार्यक्रम घोषणा

मंगलबार, २६ मंसिर २०८०खेलपाटी संवाददाता
हक्की संघको वार्षिक कार्यक्रम घोषणा
Classic Tech Internet Ad

काठमाडौं । नेपाल हक्की संघले वार्षिक कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा हक्की संघले कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता र विराटनगरमा चैतको अन्तिम साता गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता गर्ने जानकारी दिईएको छ ।

मदन भण्डारी कप पहिलोपटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।

त्यस्तै बैशाख अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता गर्ने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता हेटौडा वा चितवनमा गर्ने संघको योजना छ । जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्ने संघले जानकारी गरायो । काठमाडौं वा ललितपुरमा भेट्रान कप गर्ने भएको छ । मिति भनेपछि तय गरिने छ ।

संघको पहिलो वार्षिक कार्यक्रमका रुपमा रहेको डिएनएसएस लेभल– २ प्रशिक्षक तालिम भने मंगलबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको तालिमको समापनका अवसरमा वार्षिक कार्यक्रम घोषणा गरिएको हो । साताव्यापी तालिममा १९ प्रशिक्षक सहभागी थिए ।

उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । सोही अवसरमा नेपालका पहिलो हक्की प्रशिक्षक अशोकराज पाण्डेलाई पनि सम्मान गरिएको थियो ।

अध्यक्ष श्रेष्ठ र हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले पाण्डेलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

Bajaj Pulsar Motorcycle Ad
#हक्की संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

आर्सनलमाथि भिल्लाको नाटकीय जित

आर्सनलमाथि भिल्लाको नाटकीय जित