काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शनिबार धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ ।
पहिलो हाफमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै धनगढीले इलामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ ।
पोखरा थन्डर्ससँग अंक बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको ४४ औं मिनेटमा फोडे कामाराले गोल गर्दै इलामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा उमर थियोमले गोल गर्दै इलामको अग्रतालाई दोब्बर बनाएका थिए ।
धनगढीले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्यो । खेलको ६८ औं मिनेटमा अग्यमङले पेनाल्टीमा गोल गर्दै धनगढीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
बेन्चबाट मैदान छिरेका ओलावाले अफिजले हेडमार्फत धनगढीलाई बराबरीमा ल्याएका थिए । ८३ औं मिनेटमा फोफोनाको क्रसममा अफिजले हेडमार्फत सुन्दर गोल गरेका थिए ।
इलामसँग अंक लिदै धनगढीले ८ अंक जोड्यो । समान अंक भएको पोखरा दोस्रो स्थानमा छ । इलामले तालिकामा ५ अंक जोडेको छ ।