काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान समक्ष १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईमा पहिले ब्याटिङ गरेको नेपाल ४७ दशमलव १ ओरमा १ सय ५२ रनमा अलआउट भएको हो ।
नेपालको सुरुवाती ब्याट्सम्यानले पाकिस्तानको बलिङ दबाबलाई झेल्नै सकेनन् ।
मध्यक्रमका क्रमका ब्याट्सम्यान उत्तमर मगरले सम्हालिएको ब्याटिङ गर्दै नेपालको इनिङ्सलाई अन्तिम ओभरसम्म पुर्याएका थिए ।
उत्तमको ५१ रनको अर्धशतकको सहयोगमा नेपालले सो स्कोर खडा गरेको हो । उत्तमले ३ चौका र २ छक्काको मदतले अर्धशतक पुरा गरेका थिए ।
दिपेश कँडेलले ३१ र ओपनर अर्जुन कुमालले २१ रनको योगदान गरे । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन् ।
पहिलो विकेटको रुपमा तिलक भण्डारी ७ रनमा आउट भएको नेपालको इनिङ्समा आकाश त्रिपाठी ६ र कप्तान देव खनाल शुन्य रनमा पेविलियन फर्किएका थिए ।
गुलसन झा १ रनमा आउट भएको खेलमा बिशाल बिक्रम केसी १, विपिन रावल शुन्य रनमा पेविलियन फर्किएका थिए ।
आकाश चन्द ५ रनमा आउट भए । सुबास भण्डारी ८ रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद जिसानले ६ तथा आमिर हसनले २, उबेद साह र अली अस्फनले समान एक एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानविरुद्ध खेलेको हो ।
प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।
समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।