काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले हार ब्यहोरेको छ । बुधबार सिटीले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो ।
भिल्ला क्लबको जितमा लियोन बेलीले गोल गरे । पछिल्लो समय फर्म गुमाएको सिटीले अर्को खराब नतिजा ब्यहोरेको छ ।
प्रिमियर लिगका पछिल्ला चार खेलमा सिटीले जित्न सकेको छैन । यो पछिल्लो ७ वर्षमा पहिलो पटक भएको हो ।
रोड्रीको अनुपस्थितीले सिटीलाई गाह्रो बनाएको देखिन्छ । स्पेनिस खेलाडीको अभावमा सिटीले पछिल्ला ५ खेल गुमाएको छ । उनइ इम्रीको नेतृत्वमा पछिल्लो समय आफुलाई विकसित गरिरहेको भिल्ला क्लबले सिटीलाई नराम्रो झट्का दिएको छ ।
घरेलु मैदानमा पछिल्ला १४ खेल जितेको भिल्ला क्लब ३२ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको आर्सनल भन्दा ६ अंकले पछि परेको छ । चौथों स्थानमा झरेको सिटीको ३० अंक छ ।
अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले सेफिल्डमाथि २–० को जित निकाल्यो र शीर्ष स्थानको आर्सनलमाथि दबाब बनायो ।
खेलको ३७ औं मिनेटमा भर्जिल भान डाइकको गोलमा अग्रता लिएको लिभरपुलले खेलको इन्जुरी समयमा डोमिनिक स्लोबोस्जलाईले दोस्रो गोल थपेका थिए ।
लिभरपुल यस सिजन मात्र एक खेलमा पराजित भएको छ । ९ खेलाडीमा सिमित भएको बेला लिभरपुलले टोटेनहमसँगको खेल गुमाएको थियो ।
लिभरपुल ३४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । सेफिल्ड ५ अंक सहित तालिकाको पुछारमा छ ।