काठमाडौं । ३२ औं अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघ नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ ।
बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै काठमाडौंले उपाधि जितेको हो । कास्कीले दिएको १५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
वाग्मतीका लागि भुपराज पाठकले सर्वाधिक ४१ रनको योगदान गरे । कास्कीका लागि युवराज भण्डारीले २ विकेट हात पारे ।
यसअघि टस जितेर फिल्डिङ रोजेको कास्कीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।
कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए ।
काठमाडौंका लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी, भुपराज पाठक र सुजन श्रेष्ठले १÷१ विकेट हात पारे । फाइन खेलको प्लेयर अफ द म्याच वाग्मतिका भुपराज पाठक भए ।
मंसिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, वाग्मति काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली विचमा भएको नेत्रहिन क्रिकेट प्रतियोगितामाको भएको थियो । प्रतियोगिताको विजेता काठमाडौंले रु ३० हजार नगद प्राप्ता गर्दा उपविजेता कास्कीले रु १५ हजार नगद प्राप्त गर्यो ।