काठमाडौं । एसिया कप क्रिकेट खेल्ने यू–१९ क्रिकेट टिम आज बुधबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली क्रिकेट टिम दिउँसो १ बजेर २० मिनेटमा यूएई प्रस्थान गर्नेछ ।
शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्दैछ । नेपाली टिममा राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलसन झा समेत समावेश छन् ।
देव कप्तान रहेको नेपालको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।
प्रशिक्षकमा जगत टमाटा छन् ।
शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।
नेपालले शुक्रबार पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ ।