काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले दुई देखि तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर सार्वजनीक गर्ने बताएका छन् ।
यू–१९ एसिया कप खेल्ने टिमको बिदाई कार्यक्रममा सचिव खड्काले तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर सहित सार्वजनीक हुने जानकारी गराएका हुन् ।
‘तीन हप्ताभित्र सन् २०२४ को नेपालको घरेलु तथा अन्तराष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनीक रुपमा प्रस्तुत गर्दैछौं ।’ उनले पत्रकारमाझ भने ।
उनले क्रिकेटमा जीवन समर्पित गर्ने हरेक उमेर समूहका खेलाडीका लागि क्रिकेट संघले ब्यवस्थित क्रिकेट क्यालेन्डर लिएर आउने प्रतिबद्धता ब्यक्त गरे ।
सचिव खड्काले क्रिकेट संघले मन्त्रालय, राखेपसँग मिलेर क्रिकेटमा लागेर भविष्य सुरक्षित गर्ने खेलाडीको सपना पुरा गर्ने बताएका छन् ।
सचिव खड्काले युवा क्रिकेट टिमप्रति सबैले ठुलो अपेक्षा गरेको भन्दै सोही अनुसारको प्रर्दशन एसिया कपमा देखाउन खेलाडीलाई शुभकामना दिए ।
कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपालले भारत र पाकिस्तानलाई हराउन सक्षम रहेको बताउँदै उच्च मनोबलको साथ खेल प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।
एसिया कप खेल्ने युवा क्रिकेट टिमलाई मंगलबार बिदाई गरिएको छ । टिम बुधबार यूएई उड्ने कार्यक्रम रहेको छ ।
भिडियो हेर्नुस,
‘तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर’