काठमाडौं । अष्ट्रेलियाविरुद्धको पाँच म्याचको टी ट्वान्टी सिरिज भारतले जितेको छ ।
शुक्रबार चौथों खेलमा अष्ट्रेलियालाई हराउँदै भारतले एक खेल अगावै सिरिज ३–१ ले जितेको हो ।
कानपुरमा भएको खेलमा भारतले अष्ट्रेलियालाई २० रनले पराजित गर्यो ।
भारतले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका कप्तान मेथ्यु वेडले बनाएको ३६ रननै सर्वाधिक ब्यक्तिगत स्कोर रह्यो । ट्रविस हेडले ३१, मेथ्यु सटले २२ तथा वे म्याडरमोट र टिम डेभिडले समान १९ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
भारतका अक्षर पटेलले ३ तथा दिपक चादरले २ विकेट लिए । रवि विसोनी र अवेस खानले समान एक एक विकेट हात पारे ।
सुरुवातमा ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतीमा १ सय ७४ रन बनाएको थियो । रिंकु सिंहले ४६, यशस्वी जयसवालले ३७, जितेश शर्माले ३५ र रितुराज गयकवाडले ३२ रनको योगदान गरेका थिए ।
भारतका श्रेयश एयर ८ र सुर्यकुमार यादव १ रनमा पेविलियन फर्किएका थिए । अक्षर पटेल र दिपक चादर सुन्य रनमा पेविलियन फर्किदा रवि बिसोनीले ४ रन बनाए । अवेश खान १ रनमा नटआउट रहे ।
अष्ट्रेलियाका बेन वर्सेसले ३ तथा तनवीर संघा र जेसन बेरेनडोर्फले समान २ विकेट लिए । एरोन हार्डीले एक विकेट हात पारे ।
सिरिजको अन्तिम खेल बेंग्लोरमा हुनेछ ।