पोखरां । केपी ओली कप टी ट्वान्टी क्रिकेटमा विभागीय टिम आर्मी फाइनल प्रवेश गरेको छ ।
बिहीबार पोखरा क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनल पुगेको हो ।
बागमतीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भिम सार्कीले ३९ रन बनाएको इनिङ्समा कप्तान बिनोद भण्डारीले २५ रन बनाएका थिए । कुशल मल्लले २७ रन बनाउँदा सोमपाल कामीले अविजित १५ रन जोडे । राजेश पुलामी मगर १ रनमा नटआउट रहे ।
आर्मीले पहिलो विकेटको रुपमा सन्तोष कार्कीलाई ७ रनमा गुमाएको थियो । रोहित पौडेल शुन्य र आसिर अहमद ५ रनमा पेविलियन फर्किएका थिए ।
बागमतीका सन्दीप लामिछानेले २ तथा प्रतिस जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान एक एक विकेट हात पारेका थिए ।
सुरुवाती ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । प्रतिक श्रेष्ठको अर्धशतकमा बागमतीले सो रन जोडेको थियो । कप्तान सन्दीप लामिछानेले १९ रन बनाउँदा रित गौमले १४ र इशान पाण्डेले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिए ।
आर्मीले उपाधिका लागि एपीएफ र मधेश प्रदेशबीचको विजेतासँग खेल्नेछ ।