गण्डकी प्रदेशमा बक्सिङ छनोट सुरु, जेनिश र दुध प्रसाद छनोट
शनिबार, पुष १४, २०७५खेलपाटी संवाददाता
पोखरा । वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि गण्डकी प्रदेशको खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् । पुरुषमा ८ र महिलामा ६ तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । छनोटमा कास्की, बागलुङ, नवलपुर, तनहुँ र गोर्खाका महिला तथा पुरुष खेलाडीहरु सहभागी भएका छन् ।
छनोटको पहिलो दिन शनिबार पुरुष ५६ केजी तौल समूहबाट दुध प्रसाद परियार छनोट भएका छन् । यस्तै ६० केजी पुरुषमा जेनिश गुरुङ छनोट भएका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघ २२ देखि बसन्तपुर डबलीमा हुँदैछ ।






-1754312729.jpeg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)