काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम डबल हेडर आज शनिबार खेलाइँदैछ ।
शनिबारको दोस्रो खेलमा पाकिस्तानले साविक विजेता इंग्ल्याण्डको सामना गर्नेछ ।
खेल कोलकाताको इडेन गार्डेनमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । दिउँसो साढे १ बजेसम्म टस हुनेछ ।
पाकिस्तान ८ खेलमा ४ जित र ४ पराजयपछि ८ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ । इंग्ल्याण्ड ८ खेलमा २ जितमा ४ अंक जोडेको ७ नम्बरमा छ ।
शनिबारको खेल जितेमा इंग्लिस टोली च्याम्पियन्स ट्रफीका लागि छनोट हुनेछ ।
पाकिस्तानले सेमिफाइनलमा पुग्ने हो भने विश्वकपबाट बाहिरिएको इंग्ल्याण्डलाई लगभग असम्भव जस्तै देखिएको खेलमा हराउनुपर्नेछ ।
पाकिस्तानले इंग्ल्याण्डविरुद्ध पहिले ब्याटिङ गरेमा २ सय ८७ रनले जित्नुपर्नेछ । यदि पाकिस्तानले लक्ष्य पछ्याउने हो भने २ सय ७८ देखि २ सय ८४ बलमा लक्ष्य पछ्याउनुपर्नेछ ।
अर्थात लक्ष्य अनुसार उसले १६ देखि २२ बलभित्र खेल जित्नुपर्नेछ ।