काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार साउथ अफ्रिकाले अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकालेको छ ।
अहमदाबादमाको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले साउथ अफ्रिकालाई जितका लागि २ सय ४५ रनको लक्ष्य दिएको थियो । जसमा १५ बल बाँकी छँदै साउथ अफ्रिकाले जित हासिल गर्यो ।
साउथ अफ्रिकी टिमको जितको नायक रस्सी वेन डर डुसेन रहे । उनले ६ चौका र १ छक्काको मदतले ९५ बलमा अविजित ७५ रन बनाए । एन्डिले फेहलुक्वायोले ३७ बलमा अविजित ३९ रनको इनिङ्स खेले । फेहलुक्वायो र डुसेनलले ६५ रनको साझेदारी गरेका थिए ।
विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले शीर्ष क्रममा रहेर ४१ रनको योगदान दिए । अफगानिस्तानका रासिद खान र मोहम्मद नाबीले २–२ विकेट हात पारे ।
यस हारसँगै अफगानिस्तानको विश्वकप यात्रा सकिएको छ । अफगानिस्तानलाई सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न कम्तिमा ४ सय ३८ अन्तरको जितको आवश्यकता थियो । जुन असम्भव जस्तै थियो ।
अब चौथों सेमिफाइनल टिमका लागि न्युजिल्याण्ड र पाकिस्तान दौडमा छन् । तर न्युजिल्याण्डनै सेमिफाइनलको मुख्य दाबेदार देखिएको छ ।
भारत, साउथ अफ्रिका र अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।