काठमाडौं । भारतीय अलराउण्डर हार्दिक पाण्डेया एकदिवसीय विश्वकपबाट बाहिर भएका छन् । चोटका कारण उनी विश्वकपबाट बाहिर भएका हुन् ।
लिग चरणको अन्तिम खेल वा नकआउट चरणका खेलमा उनलाई टिममा देख्न सकिने विश्वास गरिएको थियो । तर उनीले भारतीय टिमका लागि खेल्न नसक्ने भएका हुन् । उनको स्थानमा प्रसिद्ध कृष्णलाई टिममा बोलाईएको छ ।
भारतीय टिम विश्वकपमा अविजित छ । भारतले लिग चरणका सातै खेलमा जित निकाल्दै सेमिफाइनल पुगेको छ । भारतीय टिमले अब नोभेम्बर १२ मा नेदरल्याण्ड्सविरुद्ध खेल्न बाँकी छ ।
हार्दिक आफ्नो घुँडाको चोटबाट निको हुन असफल भएका छन् । उनले प्रतियोगिताको बाँकी खेल गुमाउने पक्का भएको छ ।
अक्टोबर १९ मा बंगलादेशविरुद्धको खेलमा हार्दिकले चोट बोकेका थिए । आफ्नो पहिलो ओभर फ्याक्ने क्रममा उनले चोट बोकेका थिए । बायाँ खुट्टामा चोट लागेपछि उनी मैदान बाहिर गएका थिए ।
सोही कारण उनले आफ्नो पहिलो ओभर समेत पुरा गर्न पाएनन् । उनको स्थानमा विराट कोहलीले बाँकी तीन बल फ्याकेका थिए ।
यस विश्वकपमा हार्दिकको प्रर्दशन औसत रहेको छ । उनले बलिङमार्फत ५ विकेट लिएका छन् । उनलाई अष्ट्रेलियाविरुद्ध ब्याटिङको अवसर आएको थियो । उनले सो खेलमा ११ रन बनाएका थिए ।