काठमाडौं । विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं शतक प्रहार गरेका छन् ।
एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध विराटले कीर्तिमानी ४९ औं शतक प्रहार गरेका हुन् ।
करियरको ४९ औं शतक प्रहार गर्दै विराटले महान ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् ।
सचिनले समेत एकदिवसीय क्रिकेटमा ४९ औं शतक प्रहार गरेका छन् । सचिनले ४ सय ५२ औं इनिङ्समा ४९ शतक बनाएका थिए । कोहलीले २ सय ७७ औं इनिङ्समा सो कीर्तिमानलाई बराबरी गरेका छन् ।
विराटले आज आईतबार आफ्नो जन्मदिनमा सो शतक प्रहार गरेका हुन् । उनले यस विश्वकपमा दोस्रो शतक प्रहार गरेका हुन् ।