काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेलिरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हरोर पहिले बलिङ गरेको नेपालले पाँचौं वकेट हात पारेको छ ।
नेपालका लागि रोहित कुमार पौड्यलले अलि नसेरलाई चार रनमा क्याच आउट गराएका हुन् ।
रोहितको बलमा कुशल भुर्तेलले क्याच आउट गरे । यसअघि नेपालका लागि कुशल मल्लले १४ औं ओभरको चौथो बलमा आलिशान सर्फुलाई क्याच आउट गराएका थिए ।