काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेलिरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हरोर पहिले बलिङ गरेको नेपालले तेस्रो विकेट हात पारेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ १३ रनमा एलबी डब्लू आउट गराएका हुन् ।
नेपालले यसअघि चौथो ओभरमा दुई विकेट हात पारेको थियो ।