काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेल्दैछ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सेमिफाइनलको खेलमा नेपालले टस हरारे पहिले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । टिममा सन्दिप जोराको स्थानमा दिपेन्द्र सिंह ऐरी खेल्दैछन् ।
दिपेन्द्र पहिलो खेलमा घाइते भएका थिए । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
अर्को सेमिफाइनलमा कीर्तिपुर मैदानमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।