काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा ओमानले नेपाल समक्ष १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो ।
कप्तान जिशान मकसुदले ३२ रन बनाएको इनिङ्समा तल्लो क्रमका ब्याट्सम्यान नसिम खुशीले २५ रन बनाए । प्रतिक आठवलेले २४ र सकिल अहमदले नटआउट २२ रन बनाए ।
आयान खानले १८ रनको योगदान दिए । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
नेपालका करन केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा गुल्सन झा र अविनाश बोहराले समान १ विकेट लिएका छन् ।
समूह चरणका सुरुआती दुवै खेल जितेका नेपाल र ओमान यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ ।