काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले ओमानविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ ।
बिहीबार कीर्तिपुर मैदानमा टस जितेर नेपालले ओमानविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो ।
लिग चरणको अन्तिम खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका सुरुआती दुवै खेल जितेका नेपाल र ओमान यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ ।
नेपालको प्लेईङ सेटमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने र अविनाश बोहरा छन् ।