काठमाडौं । नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार मलेसियालाई ६ विकेटले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
टी ट्वान्टी विश्वकपमा सहभागी हुन नेपाल अब मात्र एक जित टाढा छ ।
नेपाल एक खेल अगावै समूह एबाट सेमिफाइनल पुग्यो । नेपालसँगै समूह एबाट ओमानसमेत अन्तिम ४ मा प्रवेश गर्यो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो ।
नेपालले समूह विजेता बन्न लिग चरणको अन्तिम खेलमा ओमानसँग खेल्नेछ ।