काठमाडौं । विश्वकप छनोटको मलेसियाविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा मलेसियाविरुद्धको खेलमा उनले शानदार अर्धशतक प्रहार गरेका हुन् ।
उनले २५ बल खेल्दै ५० रन पुरा गरे । जसमा ६ छक्का र १ चौका सामेल छन् । पछिल्लो खेलमा उनले छक्का प्रहार गर्दै नेपाललाई खेल जिताएका थिए ।
नेपालका कुशल मल्लले ४३ रन र आसिफ शेखले ३२ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका छन् ।
मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
ओपनर सैयद अजीजले ६८ र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई शानदार सुरुआत दिलाएका थिए । तर त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् ।
नेपालका अविनाश बोहोराले ४ विकेट लिए । रोहित पौडेल, गुल्सन झा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।
मलेसियाविरुद्ध प्राप्त हुने जितले नेपालको सेमिफाइनल यात्रालाई सहज बनाउनेछ ।