काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा आज मंगलबार नेपालले मलेसियासँग खेल्दैछ ।
समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्न लागेको हो ।
खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । मलेसियाविरुद्ध प्राप्त हुने जितले नेपालको सेमिफाइनल यात्रालाई सहज बनाउनेछ ।
नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।
समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।