काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा कुशल भुर्तेलले सिंगापुरविरुद्ध शानदार अर्धशतक प्रहार गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक प्रहार गरेका हुन् ।
उनले २६ बलमा ६ चौका र २ छक्काको मदतले अर्धशतक बनाए ।
नेपाल सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याईरहेको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
रोहन रंगराजनले ४६ रन बनाउँदै सिंगापुरलाई राम्रो सुरुआत दिलाएका थिए । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका लागि अविनाश बोहोराले ३ तथा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।
समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।