शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एरिका र कबड्डी खेलाडीले कति पुरस्कार प्राप्त गर्लान् ?

सोमबार, असोज २२, २०८०खेलपाटी संवाददाता
एरिका र कबड्डी खेलाडीले कति पुरस्कार प्राप्त गर्लान् ?
Classic Tech Internet Ad

काठमाडौं । एसियाली गेम्सको १९ औं संस्करणमा नेपालले एक रजत र एक काँस्य पदक हात पार्यो । आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गर्यो ।

खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्दा नेपाल सरकारले राष्ट्रिय खेलकुद विकास ऐन र नियमावलीमार्फतनै पुरस्कारको स्पष्ट ब्यवस्था गरेको छ । विजेता खेलाडीको पुरस्कार सुनिश्चित गर्न र पुरस्कार रकममा एकरुपता ल्याउन सरकारले नियमावली मार्फतनै यो व्यवस्था गरेको छ ।

एसियाडमा रजत पदक जितेकी एरिकाले सरकारको नियम अनुसार नगद १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । एसियाली खेलकुदमा ब्यक्तिगत स्पर्धामा रजत पदक विजेता खेलाडीलाई सरकारले सो रकम ब्यवस्था गरेको छ । 
पुरस्कार खेलाडीको रुपमा एरिकाले मात्र प्राप्त गर्ने छैनिन्, प्रशिक्षकको रुपमा कुशल श्रेष्ठले समेत रजत पदकको ३ लाख ९० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । एरिकासँग जोडिएका सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई समेत सरकारले जनही १ लाख ९५ हजार रुपैयाँ नगद प्रदान गर्नेछ ।

एसियाली खेलकुदको पदकको पुरस्कार खेलाडी, प्रशिक्षक र अफिसियलले मात्र प्राप्त गर्नेछन्, सम्बन्धित खेल संघले समेत प्राप्त गर्नेछ । सोही अनुसार नेपाल कराँते महासंघले एरिकाको पदकबाट ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 
एरिकाले रजत जित्नुअघि नेपालको पदकको सुन्यतालाई चिरेको थियो, महिलाको कबड्डी टिमले । नेपालका लागि महिला कबड्डीमा काँस्य पदक जित्ने टिमका खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मुख्य प्रशिक्षकको रुपमा पार्वती राईले २ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् । 

महिला कबड्डी टिमसँग जोडिएका सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोले भने जनही १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । देशका लागि काँस्य पदक जिताउने नेपाल कबड्डी संघले भने ३ लाख ९० हजार रुपैयाँ पुरस्कार सरकारले प्रदान गर्नेछ ।

त्यसो भए नेपाली खेलाडीले एसियन गेम्समा स्वर्ण पदक जितेको भए कति पुरस्कार पाउथे त ? 

यदी कुनै नेपाली खेलाडीले एसियन गेम्सको ब्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको भए ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने थिए । टिम इभेन्ट्सबाट जितेका थिए, प्रत्येक खेलाडीले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने थिए । 


 

Bajaj Pulsar Motorcycle Ad
# एरिका र कबड्डी खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’