मंगोलियामाथि नेपालको महिला भलिबलको जित
शनिबार, असोज २०, २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालको राष्ट्रिय महिला भलिबल टिमले जित हासिल गरेको छ ।
शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट १८– ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो ।
मंगोलियालाई हराउँदै नेपालको महिला भलिबल टिमले एसियाडमा ११ औं स्थान हासिल गरेको छ ।
समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग पराजित बनेको क्लासिफिकेसन म्याचमा प्रतिस्पर्धामा उत्रिएको थियो ।
# महिला भलिबलको जित















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)