काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबार हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो ।
पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा समेटियो ।
बास डी लिडेले ६७ रन बनाएको इनिङ्समा बिक्रमजीत सिंहले ५२ र लोगान भान विकले अविजित २८ रन बनाए । कालिन एकरमेनले १७ र साबिक जुल्फिकारले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पाकिस्तानका हरिस राफले सर्वाधिक ३, हसन अलीले २ तथा राहिन खान अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक एक विकेट लिए ।
सुरुआती ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अलआउट भएको थियो । मोहमद रिजवान र सउद शकीलले समान ६८ रन बनाएको इनिङ्समा मोहमद नवाजले ३९ र शादाब खानले ३२ रन बनाएको थिए ।
हरिस राफले १६, इमाम अल हकले १५, साहिन साह अफ्रिदीले नटआउट १३, फकर जमानले १२, इफ्तिकर अहमद ९, बाबर आजमले ५ रनमा आउट भए । हसन अली शुन्य रनमा पोविलियन फर्किएका थिए ।
नेदरल्याण्ड्समा बास डी लिडले सर्वाधिक ४ तथा कालिन एकरमेनले २ विकेट हात पारेका थिए । आर्यन दत्त, लोगान वेन बिक, पाल वेन मिकेरेनले समान एक एक विकेट हात पारे ।
पहिलो खेलमा इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डले प्रतियोगिताको सुखद सुरुआत गरेको थियो ।